गृहपृष्ठ कांग्रेसको देशव्यापी जागरण अभियान आजदेखि

कांग्रेसको देशव्यापी जागरण अभियान आजदेखि

nepali-congress-www.newskarobar.com

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशव्यापी जनजागरण अभियान सुरु गर्दैछ । कांग्रेसले आजदेखि देशभर एकसाथ जनजागरण अभियान सुरु गर्न लागेको हो । अभियानको सभापति शेरबहादुर देउवाले दिउँसो १२ बजे राष्ट्रिय सभागृहमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

‘एकैसाथ ७७ वटै जिल्लामा अभियानको उद्घाटन हुनेछ’ प्रवक्ता विश्वप्रकाश शर्माले भने । उनका अनुसार अभियानका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइसकिएको छ । तीन चरणमा अभियानको हुनेछ ।

पहिलो चरण वैशाख २५ गते जेठ २५ गतेसम्म दोस्रो चरणको भदौ २४ गते असोज ७ गतेसम्म र तेस्रो चरणको अभियान पुस ७ देखि पुस १६ गतेसम्म हुने छ । गत निर्वाचनमा गुमाएको साख फर्काउन कांग्रेसले देशव्यापी अभियान सुरु गरेको हो ।

प्रकाशित समय ११:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु