गृहपृष्ठ मिडिया नियन्त्रण गर्नु मानवअधिकारको मूल्य मान्यताविपरीत : आयोग

मिडिया नियन्त्रण गर्नु मानवअधिकारको मूल्य मान्यताविपरीत : आयोग

राष्ट्रिय मानवअधिकार आयोगले विचार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकारलाई आग्रह गरेको छ । मिडिया काउन्सिल विधेयकप्रति ध्यानकर्षण गराउदै आयोगले विचार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकारलाई भनेको हो । आयोगले बुधाबार विज्ञप्ति निकालेर संसदमा दर्ता गरिएको मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

नियमनको नाममा मिडिया नियन्त्रण गर्नु मानवअधिकारको मूल्य मान्यताविपरीत हुने आयोगगको ठहर छ । ‘स्वतन्त्र, उत्तरदायी र मर्यादित पत्रकारिताले जवाफदेहिताको सृजना, मानवअधिकारको संरक्षण र संवर्द्धनमा महत्वपूर्ण योगदान र्पुयाउँदैछ,’ आयोगका सचिव वेद भट्टराईले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘मानवअधिकारको प्रभावकारी संरक्षण र संवर्द्धनबाट नै लोकतन्त्र बलियो हुन्छ । आयोगले पत्रकार महासंघका प्रतिनिधिहरुसँग छलफल गरेको छ ।

प्रकाशित समय १३:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु