गृहपृष्ठ नेपाल इन्स्योरेन्स र कामना सेवा विकास बैंकबीच बिमा सेवा सम्झौता
नेपाल इन्स्योरेन्स र कामना सेवा विकास बैंकबीच बिमा सेवा सम्झौता
नेपालकै पुरानो बिमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी र कामना सेवा विकास बैंकबीच बिमा सेवा सम्झौता भएको छ । मंगलबार भएको सम्झौतामा नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाह तथा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले हस्ताक्षर गरेका छन् ।
दुई कम्पनीले बिमा सेवा प्रवर्धन गर्ने कार्यका लागि सम्झौता गरेको जनाएका छन् । सम्झौतासँगै कामना सेवा विकास बैंकका ग्राहकले देशभरका शाखाबाट नेपाल इन्स्योरेन्सको बिमा सेवा लिनसक्ने भएका छन् ।
प्रकाशित समय १३:३४ बजे

















