गृहपृष्ठ काठमाडौंको कालोपुलमा युवतीमाथि एसिड प्रहार, अवस्था गम्भीर

काठमाडौंको कालोपुलमा युवतीमाथि एसिड प्रहार, अवस्था गम्भीर

एक पक्राउ

सांकेतिक तस्बिर ।

काठमाडौंको कालोपुलमा एक युवतिमाथि एसिड आक्रमण भएको छ । एसिड प्रहारबाट २० वर्षीया जेनी खड्का घाइते भएकी छन् ।

उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । उनको अनुहार, छाति, हातलगायतका अंग जलेको अस्पतालले जनाएको छ । उनको अवस्था गम्भीर रहेको छ ।

दोलखा घर भएकी खड्कालाई एसिड प्रहार गरेको आरोपमा काभ्रेका २८ वर्षीय विष्णु भुजेललाई प्रहरीले पक्राउ गरेको छ । भुजेललाई काठमाण्डौ प्रहरी परिषरबाट खटिएको विशेष टोलीले काँडाघारीबाट पक्राउ गरेको हो । भुजेल खड्काको श्रीमान भएको खुलेको छ ।

भुजेललाई अहिले परिसरमा राखिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय ०६:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु