गृहपृष्ठ ट्रकबाट खसेर सहचालकको मृत्यु

ट्रकबाट खसेर सहचालकको मृत्यु

accident-newskarobar

गुडिरहेको ट्रकको ढोकाबाट खस्दा अछाममा एक जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा ट्रकको सहचालक अर्घाखाचीका २० वर्षीय ओमबहादुर बैदाली छन् ।

अछामबाट सुर्खेततर्फ जाँदै गरेको ना५ख ११४४ नम्बरको ट्रकको ढोकाबाट खसेर बैदालीको मृत्यु भएको प्रहरीले जनाएको छ । ढोकाबाट खसेपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि दैलेखको राकममा लैजाँदै गर्दा बाटोमै ज्यान गएको बताइएको छ । ट्रक र चालक प्रहरीको नियन्त्रणमा छन् ।

प्रकाशित समय ०७:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु