गृहपृष्ठ लागु औषधसहित जापानी नागरिक पक्राउ
लागु औषधसहित जापानी नागरिक पक्राउ
एक जापानी नागरिक लागु औषधसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
विमानस्थलबाट हङकङ हुँदै जापान जान लागेको अवस्थामा विमानस्थल सुरक्षा कार्यालयले लागु औषध चरेशसहित ५६ वर्षीय मिको ताकेनाकालाई पक्राउ गरेको हो । प्रहरीले विमानस्थलको अन्तर्राष्ट्रिय उडानअघि जाँचका क्रममा ९० ग्राम चरेशसहित ताकेनाकालाई पक्राउ गरेको जनाएको छ ।
उनलाई थप अनुसन्धानका लागि लागु औषध नियन्त्रण ब्यूरो कार्यालय पठाइएको छ ।
प्रकाशित समय ०६:५४ बजे

















