गृहपृष्ठ सुनकाण्ड र वाइडबडीका दोषीलाई बालुवाटारबाटै संरक्षण : शेखर कोइराला

सुनकाण्ड र वाइडबडीका दोषीलाई बालुवाटारबाटै संरक्षण : शेखर कोइराला

shekhar-koirala-newskarobar

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सुनकाण्ड र वाइडबडीका दोषीलाई बालुवाटारबाटै संरक्षण भएको आरोप लगाएका छन् । कांग्रेस मोरङ क्षेत्र नम्बर ३ ले बिहीबार विराटचोकमा आयोजना गरेको क्षेत्रीय सभामा नेता कोइरालाले भने, ‘सुनकाण्डका मुख्य अभियुक्तहरू बालुवाटार वरपर घुमिरहे पनि सरकारको नजरमा परेका छैनन् ।’

सुनकाण्डका ठूला माछा पक्राउ पर्छन् भनेर गृहमन्त्रीले सार्वजनिक रूपमा उद्घोष गरे पनि सरकारले पक्राउ परेका साना माछासमेत धमाधम छाडेको टिप्पणी गरे ।

सरकारले प्रेस स्वतन्त्रताविरुद्ध धावा बोलिरहेको उनको आरोप छ । ‘तर कुनै पनि हालतमा प्रेस काउन्सिल विधेयक पारित हुन दिइँदैन,’ नेता कोइरालाले भने, ‘सरकार प्रेस स्वतन्त्रता र मानव अधिकारविरुद्ध तानाशाही हुँदै छ, यी दुवै सवाल कांग्रेसलाई मान्य हुने छैन ।’

प्रकाशित समय २०:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु