गृहपृष्ठ चरिकोटमा आगलागीबाट ७ करोडको क्षति

चरिकोटमा आगलागीबाट ७ करोडको क्षति

सांकेतिक तस्बिर ।

दोलखाको चरिकोट बसपार्कमा गए राति आगलागीबाट एक घर जलेर नष्ट भएको छ ।

भिमेश्वर नगरपालिका–३ बसपार्कस्थित तुनाबहादुर खत्रीको घरमा रहेको त्रिपुरा रिहान टायर रिसोलिङ सेन्टरमा आगलागी भएको हो । आगलागीबाट घर जलेर नष्ट हुँदा सात करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगोलागीमा ५५ वर्षीया राधा र २५ वर्षीय राजु खत्री घाइते भएका छन् । गोदामको पहिलो तलामा रहेको ट्युब, टायर, मोबिल र दोस्रो तलामा रहेको समान नष्ट भएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा भिमेश्वर नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

प्रकाशित समय ०७:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु