गृहपृष्ठ कामिरिता शेर्पा २४औं पटक सगरमाथा चढ्दै

कामिरिता शेर्पा २४औं पटक सगरमाथा चढ्दै

२३औं पटक सगरमाथाको सफल आरोहण गरी आधार शिविर फर्किएका कामिरिता शेर्पा फेरी सगरमाथा चढ्ने भएका छन् ।

शेर्पाले अर्को हप्ता फेरि सगरमाथा चढ्ने बताएका हुन् । कामिरिताले मंगलबार मात्रै २३औँ पटक विश्वको सर्वोच्च शिखरमा टेक्दै सबैभन्दा बढी पटक सगरमाथा चढ्ने आफ्नै कीर्तिमान भंग गरेका थिए । सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका शेर्पाले २५ पटक सगरमाथाको चुचुरोमा पाइला राखेपछि विश्राम लिने बताएका छन् । उनी अर्को वर्ष ५० वर्ष पुग्दैछन् ।

प्रकाशित समय ०८:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु