गृहपृष्ठ सर्लाहीमा ७ वर्षीय बालकको डुबेर मृत्यु
सर्लाहीमा ७ वर्षीय बालकको डुबेर मृत्यु
सर्लाहीमा सात वर्षीय बालकको डुबेर मृत्यु भएको छ । मनुष्मारा नदीमा पौडी खेल्ने क्रममा डुबेर बालकको ज्यान गएको हो ।
बसवरिया गाउँपालिका–३ कोठियारका शिवचन्द्र रायका ७ वर्षीय छोरा प्रिन्स रायको बिहीबार पौडी खेल्दै गर्दा नदीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । नदीमा डुबेका बालकलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।
प्रकाशित समय ११:३९ बजे

















