गृहपृष्ठ मेक्सिकोमा एक वर्षमा ५ पत्रकारको हत्या
मेक्सिकोमा एक वर्षमा ५ पत्रकारको हत्या
मेक्सिकोमा फेरि एक पत्रकारको हत्या भएको छ । एक वर्षको बीचमा मेक्सिकोमा विहीबार भएको हत्या पाँचौ हो ।
मेक्सिको पत्रकारका लागि सबैभन्दा खराब मुलुक देखिएको छ । मारिनेमा पत्रकार फ्रान्कीस्को रोमेरो छन् । रोमेरो मेक्सिको सरकारको सुरक्षा योजनामा परेका पत्रकार थिए । उनी नाइटक्लब प्लाया डेल कारमेनको बाहिर क्षत विक्षत अवस्थामा भेटिएका हुन् । सोही क्षेत्रमा उनको घर भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनले गत अप्रिल १२मा आफूमाथि विभिन्न क्षेत्रबाट धम्की आएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।
रिपोर्टर्स विदाउट बोर्डर्सले मेक्सिको पत्रकारका लागि अहिले सम्मकै सबैभन्दा खतरनाक मुलुक भएको जनाएको छ । गएको वर्ष बोर्डरर्सले मेक्सिकोलाई तेस्रो स्थानमा राखेको थियो । मेक्सिको भन्दा अगाडि अफगानिस्तान र सिरिया थिए ।
रोमेरोले मेक्सिकोको एउटा प्रमुख सञ्चार माध्यम क्विन्टाना रु होयमा काम गर्दै आएका थिए ।
प्रकाशित समय ११:१२ बजे

















