गृहपृष्ठ २८ वर्षपछि कर्तव्य ज्यान मुद्दाका अभियुक्त पक्राउ

२८ वर्षपछि कर्तव्य ज्यान मुद्दाका अभियुक्त पक्राउ

pakrau-arrest-newskarobar

रुकुम पश्चिममा कतव्य ज्यान मुद्दामा फरार प्रतिवादी २८ वर्षपछि पक्राउ परेका छन् ।

जिल्ला अदालत रुकुमले विसं २०४८ वैशाख ९ गते कर्तव्य ज्यान मुद्दामा नौ वर्ष सात महिना सात दिन कैद सजाय सुनाएका ६० वर्षीय मनवीर कामीलाई प्रहरीले २८ वर्षपछि पक्राउ गरेको हो । सानीभेरी गाउँपालिका–४ गरायलाका कामीलाई आठबीसकोट नगरपालिका–१४ घेत्मामा परिचय लुकाइ बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कामीलाईसजाय कार्यान्वयनका लागि जिल्ला कारागार पठाइने प्रहरीले जनाएको छ ।

प्रकाशित समय १०:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु