गृहपृष्ठ रोएको शतकमा इंग्ल्यान्डलाई सिरिज

रोएको शतकमा इंग्ल्यान्डलाई सिरिज

पाकिस्तानसँगको पाँच एकदीवसीय सिरिज घरेलु टोली इंग्ल्यान्डले जितेको छ ।

शुक्रबार राति सम्पन्न चौथो खेलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै एक खेल अगावै इंग्लान्डले सिरिज ३–० ले आफ्नो पक्षमा पारेको हो । ३ सय ४१ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ७ विकेट गुमाउँदै ४९.३ ओभरमा पुरा गर्यो ।

इंग्ल्यान्डको जितमा ओपनर जोसन रोयले १ सय १४ रनको उत्कृष्ट पारी खेले । त्यस्तै बेन स्टोक्सले ७१ रन बनाए । जेम्स भिन्स ४३, जो रुट ३६, टम करन ३१, जो डेनली १७ रनमा आउट भए । आदिल राशिदले १२ रन जोडे । पाकिस्तानका लागि मोहम्मद हसन, इमाद वासिमले समान २–२ तथा जुनैद खान, हसन अली र सोएव मालिकले समान १ विकेट लिए ।

टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय ४० रन बनाएको थियो । पाकिस्तानका लागि बाबर आजमले १ सय १५ रन महत्वपूर्ण योगदान गरे पनि जितका लागि पर्याप्त हुन सकेन ।

मोहम्मद हफिजले ५९, फकार जमान ५७, आशिफ अलि १७ र इमाद वासिमले १२ रनको योगदान गरे । सोएव मालिकले ४१ रन जोडे । हसन अली १ रनमा आउट हुँदा कप्तान सरफराज अहमिद २१ रनमा अविजित रहे । इंग्ल्यान्डका लागि टम करनले ४ विकेट लिए । मार्क उडले २ र जोफ्रा आर्चरले १–१ विकेट लिए ।

पहिलो खेल वर्षाले प्रभावित भएको थियो । दोस्रो खेलमा ७ र तेस्रो खेलमा इंग्ल्यान्ड ६ विकेटले विजयी भएको थियो । अन्तिम खेल आइतबार हुनेछ ।

प्रकाशित समय ०९:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु