गृहपृष्ठ २५६३ औ बुद्ध जयन्ति मनाउन राष्ट्रपति लुम्बिनीमा
२५६३ औ बुद्ध जयन्ति मनाउन राष्ट्रपति लुम्बिनीमा
राष्ट्रपति विद्यादेवी भण्डारीले २५६३ औ बुद्ध जयन्ती तथा लुम्बिनी भ्रमण वर्ष २०७६को शुभारम्भ गरेकी छिन् । लुम्बिनीमा आयोजना गरिएको विशेष समारोहमा राष्ट्रपती भण्डारीले लुम्बिनी भ्रमण वर्षको शुभारम्भ गरेकी हुन् । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली लगायत विभिन्न मन्त्रीहरुको सहभागिता रहेको छ ।
प्रदेश सरकारले एक वर्षमा २० लाख पर्यटक लुम्बिनी भित्र्याउने लक्ष्य लिएको छ । प्रदेश ५ का उद्योग पर्यटन वन तथा वातावरवण मन्त्री लिला गिरीले लुम्बिनी सबैको साझा भएकोले प्रदेश सरकारले पर्यटनमार्फत समृद्धि मुलुकको सपना पुरा गर्नको लागि भ्रमण वर्ष आयोजना गरिएको जानकारी दिए ।
प्रकाशित समय १२:४९ बजे

















