गृहपृष्ठ धादिङ बस दुर्घटना : मृत्यु हुनेको संख्या पाँच पुग्यो, तीनको सनाखत
धादिङ बस दुर्घटना : मृत्यु हुनेको संख्या पाँच पुग्यो, तीनको सनाखत
धादिङको गजुरीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संखया पााच पुगेको छ । काकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ४३८७ नम्बरको बस आइतबार बिहान करिब साढे पाँच बजे गजुरी नगरपालिका–६ बन्छेटारको मोडबाट त्रिशूली नदीमा खसेको थियो । मृत्यु भएका मध्ये तीनको सनाखत भएको छ ।
चन्द्रागिरि नगरपालिका, काठमाडौँकी ३५ वर्षीया सीता थपलिया, कन्याम इलामका २० वर्षीय विशाल गिरी र काठमाडौँ थानकोटका ५१ वर्षीय राजकुमार सुवेदीको मात्र सनाखत भएको छ ।
अन्य दुईको सनाखत भएको छैन । दुर्घटनामा २८ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनाको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ ।
प्रकाशित समय १०:३५ बजे

















