गृहपृष्ठ पत्रकार महासंघले घोषणा गर्यो दोस्रो चरणको आन्दोलन

पत्रकार महासंघले घोषणा गर्यो दोस्रो चरणको आन्दोलन

नेपाल पत्रकार महासंघले सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक विरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । आइतबार बसको महासंघको केन्द्रीय समितिको बैठकले दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो । सरकारले माग सम्बोधन गर्न चासो नदिएकाले महासंघले थप आन्दोलन घोषणा गरेको हो ।

आन्दोलन अन्तर्गत जेठ ६ र ७ गते महासंघका पूर्व अध्यक्षहरुसँग छलफल र परामर्श गर्ने, जेठ ८ गते संसदमा प्रतिनिधित्व गर्ने दलहरुको ध्यानाकर्षण गराउने, जेठ ९ देखि १२ गतेसम्म सञ्चारमाध्यमका सम्पादकहरुसँग परामर्श र सञ्चार अभियान चलाउने, जेठ १३ र १४ गते सांसदहरुसँग छलफल गर्ने, जेठ १८ देखि २० गतेसम्म महासंघको प्रतिष्ठान शाखा र एसोसिएटको आयोजनामा विधेयकका कारण समाचार कक्षमा पर्ने प्रभावबारे छलफल गरिने महासंघका महासचिव रमेश विष्टले जानकारी दिए ।

उनका अनुसनर जेठ २१ र २२ गते महासंघका सबै जिल्ला शाखाहरुले राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघ संस्था, पेशाकर्मी र अधिकारकर्मीसँग अन्तरक्रिया गर्ने, जेठ २३ र २४ गते केन्द्रमा राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी र अधिकारकर्मीसँग अन्तरक्रिया गर्ने र जेठ २५ गते दिउँसो ३ बजे नयाँ बानेश्वरदेखि बबरमहलसम्म मानव हातेसाङ्लो प्रदर्शन गर्ने र काठमाडौं उपत्यका बाहिर प्रदेश राजधानी रहेका ठाउँमा यस्तै प्रदर्शन गर्ने र त्यसको संयोजन प्रदेश समितिले गर्ने निर्णय भएको पनि गरेको छ ।

बैठकले मिडिया काउन्सिल विधेयक संसदमा पेश हुने दिन देशव्यापी रुपमा आकस्मिक विरोध प्रदर्शन गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित समय १६:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु