गृहपृष्ठ प्रशासन परिसरमा पत्रकार किन रोए ?

प्रशासन परिसरमा पत्रकार किन रोए ?

संघीय संसदमा दर्ता भएको नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको विरोधमा मोरङका पत्रकारहरु रोएका छन् । आइतबार विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय परिसर मोरङमा सांकेतिक विरोधका क्रममा पत्रकारहरु रोएका हुन । समाचार लेखेका कारण नयाँ विधेयकले १० लाख रुपैयाँसम्मको जरिवाना सजाय तोक्ने प्रावधान अघि सारेसँगै देशभरका पत्रकारहरु आन्दोलित भएका हुन् ।

विरोधका क्रममा नेपाल पत्रकार महासंघ प्रदेश एकका अध्यक्ष विक्रम लुइटेलले सरकारले ल्याएको विधेयक मान्य नहुने बताए । त्यसैगरि विरोधका क्रममा प्रेस यूनियन मोरङका अध्यक्ष कुमार लुइटेलले विधेयक कार्यान्वयमा आए स्वतन्त्र पत्रकारिता ध्वस्त हुने बताए ।

कार्यक्रममा प्रेस युनियन प्रदेश एकका संयोजक लिलाबल्लभ घिमिरेले विधेयकका कारण पत्रकारहरु त्रसित भएको उल्लेख गरे । सांकेतिक विरोधका क्रममा करिब ४५ मिनेट पत्रकारहरु रोएका थिए । विरोध कार्यक्रममा नागरिक समाज लगायत विभिन्न संघ सस्थाका प्रतिनिधीको समेत ऐक्यवद्धता रहेको थियो ।

प्रकाशित समय १६:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु