गृहपृष्ठ स्रोत नखुलेको ३० लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ

स्रोत नखुलेको ३० लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ

pakrau-arrest-newskarobar

२९ लाख ९८ हजार रुपैयाँ लिएर काठमाडौं भित्रिदै गरेका एक जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाले स्रोत नखुलेको सो रकमसहित सर्लाही हेमपुरका २८ वर्षीय रविन्द्र रायलाई पक्राउ गरेको हो । जनकपुरबाट काठमाडौँतर्फ आउँदै गरेको ना ८ ख १८०९ नम्बरको बस चेकजाँचको क्रममा नागढुंगास्थित उनी पक्राउ परेका हुन् ।

रायलाई थप अनुसन्धानका र कारबाहीका लागि सम्पत्ति शुद्धिकरण विभाग पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

प्रकाशित समय १८:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु