गृहपृष्ठ रंगेलीमा चट्याङबाट एकजनाको मृत्यु

रंगेलीमा चट्याङबाट एकजनाको मृत्यु

thunder-newskarobar

मोरङको रंगेली नगरपालिका–९, धन्जुवामा आइतबार बिहान चट्याङ पर्दा एकजनाको मृत्यु भएको छ । चट्याङ लागेर धन्जुवाका ५० वर्षीय देवलाल यादवको बिहान ८ बजे मृत्यु भएको हो ।

घरबाट भैंसी चराउन निस्किएका यादवको वर्षासहित परेको चट्याङले घटनास्थलमै  मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

प्रकाशित समय १२:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु