गृहपृष्ठ यार्सागुम्बा संकलनमा क्रममा मृत्यु हुनेको संख्या नौ पुग्यो
यार्सागुम्बा संकलनमा क्रममा मृत्यु हुनेको संख्या नौ पुग्यो
यार्सागुम्बा संकलनका लागि डोल्पाको पाटनमा गएका थप एक जनाको मृत्यु भएको छ । नलगाड नगरपालिका–१२ तल्लुका १६ वर्षीय भीमबहादुर बस्नेतको लेक लागेर शुक्रबार मृत्यु भएको हो ।
डोल्पाको टाक्सी पाटनमा बिरामी परेका उनलाई धो स्वास्थ्य चौकीमा उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको आफन्तले बताएका छन् । मृतक बस्नेत हिमालय मावि तल्लुमा कक्षा ९ मा पढ्दै थिए । योसँगै मृत्यु हुनेको संख्या नौ पुगेको छ । (रासस)
प्रकाशित समय ०७:०८ बजे

















