गृहपृष्ठ पीएम कपको उपाधिका लागि आर्मी र पुलिस भिड्दै
पीएम कपको उपाधिका लागि आर्मी र पुलिस भिड्दै
तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज दुई विभागिय टिम त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहान ९ बजेदेखि सुरु हुने खेलमा दुवै टिम उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रनेछन् । समूह चरणको खेलमा आर्मीले पुलिससँग ५० रनको हार बेहोरेको थियो । पुलिस समूह चरणको नतिजा यथावत राख्ने दाउमा हुनेछ भने आर्मी बदला लिदै च्याम्पियन बन्ने लक्ष्यमा छ ।
विजेताले उपाधिसहित २० लाख रुपैयाँ प्राप्त गर्नेछ । उप विजेताले १० लाख रुपैयाँ पाउनेछ भने प्रतियोगिताकै उत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्नैछन् । उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५०–५० हजार रुपैयाँ प्राप्त गर्नेछन्
प्रकाशित समय ०७:३३ बजे

















