गृहपृष्ठ रुपन्देहीको देवदहमा युवकको हत्या, ५ पक्राउ
रुपन्देहीको देवदहमा युवकको हत्या, ५ पक्राउ
रुपन्देहीमा गएराति एक युवकको हत्या भएको छ । देवदह नगरपालिका–८, विशालनगरका सुमन थापाको हत्या भएको हो ।
कुटपिटबाट गम्भीर २८ वर्षीय थापाको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । उनीमाथि साथीभाइले कुटपिट गरेको प्रहरीले जनाएको छ । हत्यामा संलग्नको आशंकामा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रकाशित समय १६:२० बजे

















