गृहपृष्ठ नेहा कक्करको ठमेल कन्सर्ट विवादित, ३ जना पक्राउ
नेहा कक्करको ठमेल कन्सर्ट विवादित, ३ जना पक्राउ
बलिउड गायिका नेहा कक्करको ठमेल कन्सर्ट विवादित बनेको छ । प्रहरीले क्षमताभन्दा बढी टिकट बिक्री गरेको भन्दै तीन जनालाई पक्राउ गरेको छ ।
ठमेलको एलओडी डिस्कोमा भएको कार्यक्रमका लागि क्षमताभन्दा बढी टिकट बिक्री गरेको भन्दै आयोजक पारामाउन्ट इन्टरटेन्मेन्टका दीपक घिमिरेसहित तीन जना पक्राउ परेका हुन् । हलको सिटभन्दा बढी टिकट बिक्री गरेकाले टिकट काटेका दर्शकले समेत कार्यक्रम हेर्न नपाएको भन्दै प्रहरीमा उजुरी गरेका थिए ।
उनीहरुले टिकटवापत ५ हजार रुपैयाँ उठाएका थिए ।
प्रकाशित समय १६:४३ बजे

















