गृहपृष्ठ १९ वर्षपछि प्रहरीको फन्दामा हत्याका अभियुक्त
१९ वर्षपछि प्रहरीको फन्दामा हत्याका अभियुक्त
काममा राखेको पैसाका विवादमा १९ वर्षअघि भक्तपुर, कटुञ्जेबस्ने विजश्वरी प्रजापतिका हत्या गरेर फरार भएका पर्सा सुवर्णपुरका देवीरमन अधिकारी अन्ततः प्रहरीको फन्दामा परेका छन् ।
अधिकारीले २०५७ असार ८ गते भक्तपुर कटुञ्जे-८ बस्ने ३३ वर्षीया प्रजापतीलाई उनको घरमा ७ महिनादेखि काम गरेको तलब बापतको ११ हजार रुपैयाँ दिन चासो नदिनुका साथै उल्टै ३ हजार रुपैयाँ चोरी गरेको आरोप लगाएको निहुँमा छुरा प्रहारबाट हत्या गरी नगद तथा सुनको चुरा, हिरा लगायतका गरगहनाहरु समेत चोरेर फरार भएका थिए ।
तत्कालीन जिल्ला वन अधिकृत तुल्सीभक्त प्रजापतीले घरेलु कामदारका रुपमा राखेका अधिकारी नेपालबाट फरार भएर भारतको बनारस हुँदै मुम्बई पुगेर लुकेका थिए भने प्रकाश अधिकारी नामको छदम परिचयबाट भारतीय सवारी चालक अनुमतिपत्र समेत बनाएको अनुसन्धानबाट खुलेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।
उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले रूपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियाबाट पक्राउ गरेको हो । अधिकारी भारतीय महिलासँगै बिवाह गरेर पोखरामा बस्दै आएका थिए ।
प्रकाशित समय १८:२४ बजे

















