गृहपृष्ठ थुनुवाले शौचालयमा गरे आत्महत्या

थुनुवाले शौचालयमा गरे आत्महत्या

death-newskarobar

बाँकेमा जेल सजाय काटिरहेका एक व्यक्तिले अस्पतालको शौचालयमा आत्महत्या गरेका छन् ।

जानकी गाउँपालिका– ३ का २५ वर्षीय सुनीलकुमार तिवारीले नियमित जाँचका लागि भेरी अञ्चल अस्पताल नेपालगञ्ज पुगेको बेला शौचालयभित्र विष सेवन गरी आत्महत्या गरेका हुन् ।

लागू औषध मुद्धामा थुनामा रहेका तिवारीको चार वर्षको कैद सजाय भएको पत्र सोमबार मात्रै कारागारमा पुगेको प्रहरीले जनाएको छ । मुखबाट रगत आएको भन्दै भेरी अञ्चल अस्पतालमा जाँच गराएका तिवारीलाई सोमबार नियमित जाँच गराउन लगिएको प्रहरीले जनाएको छ ।

तिवारीकी पत्नी अस्पतालको शौचालयमा पहिला विष सेवन गरेको बाँकी रहेको विष तिवारीले सेवन गरेको प्रहरीको भनाइ छ । उनकी पत्नीको अवस्था गम्भीर छ ।

प्रकाशित समय ०८:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु