गृहपृष्ठ खडेरी प्रभावित केन्यालाई चीनको सहयोग
खडेरी प्रभावित केन्यालाई चीनको सहयोग
चीनले लामो समयदेखि खडेरीबाट प्रभावित बनेको केन्यालाई खाद्यान्न सहयोग गरेको छ ।
केन्याका लागि ११ हजार ८ सय ३५ टन चामल प्रदान गरेको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । केन्याका लागि चिनियाँ राजदूत ऊ पेङले उक्त सहयोगको पहिलो खेप सुख्खा प्रभावित इलाकामा वितरण भइसकेको र बाँकी चामल पनि वितरण गरिने बताए ।
सन् २०१७ मा चीनले केन्यालाई दुई करोड २० लाख अमेरिकी डलर बराबरको आतकालीन मानवीय खाद्यान्न सहयोग उपलब्ध गराउने घोषणा गरेको थियो ।
प्रकाशित समय ०७:५३ बजे

















