गृहपृष्ठ चट्याङ लागेर डडेल्धुरामा बालिकाको मृत्यु, ३ घाइते

चट्याङ लागेर डडेल्धुरामा बालिकाको मृत्यु, ३ घाइते

chatyang._newskarobar सांकेतिक तस्बिर

चट्याङ लागेर डडेल्धुरामा एक बालिकाको मृत्यु भएको छ । परशुराम नगरपालिका–३, मार्कुकी १३ वर्षीया संगीता भाटको मृत्यु भएको हो ।

घरमा बसिरहेका बेला बुधबार बिहान चट्याङ लागेर घाइते संगीतालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनकी दिदी १५ वर्षीया मीना भाट, सोही स्थानका ४० वर्षीय भरत विष्ट र ५० वर्षीय महादेव भट्ट घाइते भएका हुन् । घाइतेमध्ये भरतको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रकाशित समय ११:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु