गृहपृष्ठ दार्चुलामा यार्सागुम्बा टिप्न गएका एकजनाको लडेर मृत्यु
दार्चुलामा यार्सागुम्बा टिप्न गएका एकजनाको लडेर मृत्यु
अपी हिमाल गाउँपालिका–१ रोखापुमा यार्सागुम्बा टिप्न गएका एक युवकको लडेर मृत्यु भएको छ । नौगाड गाउँपालिका–४ का २० वर्षीय शेरबहादुर बोहराको लडेर बुधबार मृत्यु भएको दार्चुला प्रहरीले जनाएको छ ।
यार्सागुम्बा टिप्न खोज्दा ढुंगामा चिप्लिएर लडेका बोहराको घटनास्थलमै ज्यान गएको हो । यसअघि पनि ब्यास गाउँपालिका–१ दुधीवनमा ११ वर्षीय अनिश विष्टको यार्सागुम्बा संकलनका क्रममा लडेर मृत्यु भएको थियो ।
प्रकाशित समय १८:४७ बजे

















