गृहपृष्ठ आइएमई लिमिटेड १९औं वर्षमा प्रवेश
आइएमई लिमिटेड १९औं वर्षमा प्रवेश
रेमिट्यान्स कम्पनी आइएमई आजदेखि १९औं वर्षमा प्रवेश गरेको छ । रोजगारीका लागि विदेशमा जाने प्रचलन बढेसँगै नेपालीले अन्तर्राष्ट्रिय बजारमा कमाएको पैसा नेपालमा पठाउने माध्यम बन्दै सन् २००१ मा आईएमई स्थापना भएको हो ।
मलेसियाबाट प्रथम पटक सेवा सुरू गरेको कम्पनी अहिले धेरै देशमा छाइसकेको छ । ‘१९औं वार्षिकोत्सव सशक्तीकरणको’ भन्ने मूल नाराका साथ मनाउन लागिएको वार्षिकोत्सवको अवसर पारेर पानीपोखरीस्थित आइएमईको केन्द्रीय कार्यालयमा बुधबार रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । रक्तदान कार्यक्रममा आईएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलसहित ७० जना कर्मचारीले रक्तदान गरेका छन् ।
वार्षिकोत्सवको अवसरमा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रवन्ध निर्देशक हेमराज ढकालले आम सेवाग्राही, व्यावसायिक साझेदार, सहकर्मी मित्रहरु, नियामक निकाय, शुभेच्छुक–शुभचिन्तक सबैलाई धन्यवादसहित हार्दिक आभार प्रकट गरेका छन् ।
आईएमईले १९औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २०१ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिब १० हजार सब–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीले दुःख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटोछरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको जनाएको छ ।
प्रकाशित समय १९:११ बजे

















