गृहपृष्ठ ट्रिप्परको ठक्करबाट पत्रकार गेलाङको मृत्यु
ट्रिप्परको ठक्करबाट पत्रकार गेलाङको मृत्यु
ट्रिप्परको ठक्करबाट सुर्खेतका पत्रकार नन्दबहादुर गेलाङको मृत्यु भएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका–८ को लोदेमा ट्रिप्परकोको ठक्करबाट सुर्खेत पहिचान दैनिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सह–सचिव गेलाङको घटनास्थलमै मृत्यु भएको हो ।
छिन्चुबाट मेहलकुनातर्फ जाँदै गरेका गेलाङ सवार भे. ८ प ७६०४ नम्बरको मोटरसाइकललाई रुकुमपश्चिमबाट आइरहेको बा ५ ख १६८३ नम्बरको ट्रिप्परले ठक्कर दिएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक निरोज चौलागाईंले जानकारी दिए ।
उनका अनुसार प्रारम्भीक अनुसन्धानबाट आफ्नै साइटमा गुडिरहेको मोटरसाईकललाई ट्रिप्परले ठक्कर दिएको खुलेको छ । ठक्कर लगत्तै ट्रिप्पर चालकले ब्याक गरेर उनलाई मारेको हुनसक्ने चौलागाँईले बताए । ट्रिप्पर चालक धादिङ्ग माधवबेशी का सन्तबहादुर राईलाई बाँकेको कोहरपुरबाट प्रहरीले पक्राउ गरी सुर्खेत ल्याउँदै गरेको जानकारी चौलागाँईले दिए । लेकबेसी( ७ कल्याण घर भएका गेलाङ वीरेन्द्रनगरमा विगत लामो समयदेखि पत्रकारिता पेशामा आवद्ध थिए ।
यसैबिच पत्रकार महासंघ सुर्खेतले गेलाङ दुर्घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कार्रवाहिको माग गर्दैै प्रेश विज्ञप्ति समेत निकालेको छ ।
प्रकाशित समय १९:३७ बजे

















