गृहपृष्ठ लुम्बिनी वाणिज्य क्याम्पसमा त्रिविको बिबिए कार्यक्रम

लुम्बिनी वाणिज्य क्याम्पसमा त्रिविको बिबिए कार्यक्रम

lumbini-banijya-campus-newskarobar फाइल तस्बिर

नेपालकै सर्वोत्कृष्ट सामुदायिक क्याम्पस २०७५ बाट विभूषित लुम्बिनी वाणिज्य क्याम्पस बुटवल ११ देवीनगरले यसै वर्षदेखि शैक्षिक कार्यक्रम बिबिए–एफ.ए. सञ्चालनको अनुमति पाएको छ । बुटवलमै पहिलोपटक त्रिभुवन विश्वविद्यालयको बिबिए कार्यक्रम वित्तशास्त्र तथा लेखाशास्त्रमा विशिष्टिकृत रहनेछ ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत काठमाडौं र उपत्यकाबाहिर केही क्याम्पसले मात्र सञ्चालनमा ल्याएको बिबिए कार्यक्रमको बुटवलले पनि अनुमति पाएको हो । शैक्षिक बेरोजगारीले विद्यार्थीमा निरासा बढ्दै गएको अवस्थामा विश्वबजारको मागअनुसार बिक्ने जनशक्ति उत्पादनको उद्देश्यले बिबिए कार्यक्रम सुरु गरिएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मोतिलाल पाण्डेले जानकारी दिए ।

प्रकाशित समय १९:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु