गृहपृष्ठ रुपनी गाउँपालिकाका इन्जिनियर श्रेष्ठ घुससहित पक्राउ

रुपनी गाउँपालिकाका इन्जिनियर श्रेष्ठ घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले सप्तरीको रुपनी गाउँपालिकाका इन्जिनियर विकास श्रेष्ठलाई घुससहित बिहीबार बिहान रंगेहात पक्राउ गरेको छ ।

आयोग इटहरीबाट प्रहरी नायब उपरीक्षक श्याम सारुख मगरको नेतृत्वमा खटिएको टोलीले निर्माण सम्पन्न भइसकेको झोलुंगेपुल पुलको बिल भुक्तानी गर्ने विषयमा १ लाख रुपैयाँ घुस लिएको आरोपमा उनलाई पक्राउ गरिएको आयोगका प्रमुख महेश आचार्यले जानकारी दिए ।

कुन ठाउँको झोलुंगेपुल रहेको भने खुलाइएको छैन । उक्त टोलीले झोलुंगेपुल निर्माण गरेको र बिल भुक्तानी गर्ने विषयमा १ लाख घुससहित गाउँपालिकाका इन्जिनियर श्रेष्ठलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । (रासस)

प्रकाशित समय १२:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु