गृहपृष्ठ हावाहुरी पीडितलाई राहत दिने सरकारको निर्णय

हावाहुरी पीडितलाई राहत दिने सरकारको निर्णय

Kailali_NewsKarobar

सरकारले जेठ २३ गते बिहीबार साँझ कञ्चनपुर र कैलालीमा गएको हावाहुरी तथा असिनापानीका पीडितलाई राहत दिने निर्णय गरेको छ ।
कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बुधबार बसेको बैठकले घटनाबाट मृत्यु हुने व्यक्तिका निजकका हकदारलाई जिल्ला विपद् व्यवस्थापन समितिबाट रु. १ लाख राहत दिने, घाईतेहरुको निशुल्क उपचार सरकारी अस्पतालमा गर्ने निर्णय गरेको हो ।
यस्तै, प्रदेश सरकारले प्रतिमृतकका हकदारलाई रु.१ लाख ५० हजार, घर पूर्ण क्षति भएका परिवारलाई रु.२० हजार र घर आंशिक क्षति भएका परिवारलाई रु.१० हजारसम्म राहत जिल्ला प्रशासन कार्यालयमार्फत दिने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।
यसबाहेक स्थानीय तहहरुले मृतक परिवार, घाइते, घर क्षति, पशुधन क्षति भएकाहरुलाई क्षति हेरी रु. २००० देखि ७५००० सम्म राहत दिने घोषणा गरी वितरण शुरु गरेका सरकारले दाबी गरेको छ । गृहमन्त्रालयका अनुसार हावाहुरीले २ जनाको मृत्यु भएको छ भने १०८ जना घाइते भएका थिए । कैलालीका २ हजार २१६ घरहरू पूरै क्षति भएको र कञ्चनपुरका १ हजार ६४४ घरधुरी प्रभावित भएका छन् ।
क्षतिका विवरण संकलन भइरहेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पूरै विवरण आएपछि थप राहत घोषणा गर्ने बताएको छ ।

  • कैलाली जिल्ला
  • २ जनाको मृत्यु भएको । ८४ जना घाइते भएकोमा ७५ जना उपचार पश्चात घर फर्किसकेका छन्। ९ जनाको विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।
  • प्रभावित घर धुरी संख्या जम्मा- ७८४४
  • घर पूर्ण क्षति संख्या जम्मा- २२१६ 

मृतक

सि.न. जिल्ला स्थान उमेर/नामथर लिङ्ग मृत्यु घाइते कैफियत
1. कैलाली टिकापुर न.पा.- २ वर्ष ४८ को लाहानु ढगैराको पु. पोल्ट्री फर्मको परखाल भत्की मृत्यु भएको
2. कैलाली गोदावरी न.पा. ८ वर्ष २६ को वीरबहादुर चौधरी पु. हावाहुरीको समयमा टिपरमा मोसा ठोकिएको

कैलाली जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिको विवरण

सि.नं. पालिकाको नाम वडा संख्या (वटा) मृत्यु संख्या घाईते संख्या प्रभावित घर धुरी संख्या घर पूर्ण क्षति संख्या राहत रकम रु.
1. धनगढी १९ ४१ ३१४६ १०५२
2. गोदावरी १२ २१ १००० ३५० न.पा.बाट मतृकलाई २५,०००, गम्भिर घाईतेलाई ५०००, सामान्य घाइतेलाई २५००, पूर्ण घर क्षतिलाई ६०००, आंशिक क्षति २५००, पशुधन क्षतिलाई रु.३००० दिने निर्णय गरेको ।
3. गौरीगंगा ६० २०
4. घोडाघोडी १२ ३०० १५० न.पा.बाट २००० देखि १०००० सम्म उपलब्ध गराएको । हालसम्म ९६ परिवारलाई रु.3,74,000 वितरण गरेको ।
5. वर्दगोरिया ५०० १०० गा.पा.बाट क्षतिको विवरण हेरी ५,००० सम्म दिने निर्णय गरेको ।
6. लम्कीचुहा १० २५० ४० न.पा.बाट पूर्ण घर क्षति भएकालाई १०,०००, मध्यम क्षति भएकालाई ७००० र आंशिक क्षति भएकालाई २,५०० दिने निर्णय गरेको
7. जानकी १०८ ५३
8. टिकापुर ४५० १५० न.पा.बाट मृतकका हकदारालई २५००० वितरण गरेको । आंशिक घर क्षति भएकालाई ५००० दिने निर्णय गरेको ।
9. जोशीपुर १०० गा.पा.बाट १ घर परिवारलाई ७५,००० र २ वटा विद्यालयलाई २०,००० वितरण गरेको
10. भजनी ३०० १०८
11. कैलारी 9 १४ १५०० १००
12. महोन्याल 4 १३० ९२
जम्मा ११३ ८४ ७८४४ २२१६

 

विद्यालय- ७० वटा आंशिक क्षति

प्रहरी कार्यालय- ६ वटा आंशिक क्षति

स्वास्थ्य केन्द्र- २० वटा आंशिक क्षति

सरकारी कार्यालय- १८ वटा आंशिक क्षति

 

कञ्चनपुर जिल्ला

  • २४ जना घाइते भएकोमा २२ जना उपचार पश्चात घर फर्किसकेका । २ जनाको अस्पतालमा उपचार भइरहेको ।
  • प्रभावित घरधुरी संख्या जम्मा- १६४४, अनुमानित क्षति रु.9,44,20,९१5
  • विद्यालय वा अन्य संघ संस्थामा क्षति- १४ अनुमानित क्षति रु.१,२१,०००
  • चौपाया मृत्यु- ११ वटा, कुखुरा- १०५० वटा अनुमानित क्षति रु.८,२१,०००
  • प्रहरी कार्यालयहरु क्षति- १५ वटा अनुमानित क्षति रु.४,४२,०००
  • बिजुलीको पोल भाँचिएको- ५२५ वटा

क जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिको विवरण

सि.नं. पालिकाको नाम वडा संख्या (वटा) उपचारत घाईते संख्या उपचार पश्चात फिर्ता प्रभावित घर धुरी संख्या कै.
1. बेदकोट १४ १९६
2. भिमदत्त २१ 8 239
3. कृष्णपुर 721
4. बेलौरी 41
5. लालझाडी 6
6. बेलडाँगी 87
7. महाकाली 46
8. पूनर्वास 61
9. शुक्लाफाँटा 247
जम्मा 69 2 22 1644  

 

प्रकाशित समय १२:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु