गृहपृष्ठ जेसिबीले अटोरिक्सालाई ठक्कर दिँदा ३ को मृत्यु, ४ जना घाइते
जेसिबीले अटोरिक्सालाई ठक्कर दिँदा ३ को मृत्यु, ४ जना घाइते
कञ्चनपुरको भीमदत्त नगरपालिका–६ बनगाँउमा जेसिबीसँग अटोरिक्सा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् ।
गड्डाचौकीबाट महेन्द्रनगर आउँदै गरेको म१ह ७६३ नम्बरको अटोरिक्सालाई से १ क ७३३ नम्बरको जेसिबीले ठक्कर दिएको हो । दुर्घटनामा अटोरिक्सामा सवार ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अटो चलाक, दुई यात्रु र एक साइकल यात्री घाइते भएका छन् । जेसीबी तीव्र गतिमा रहेकाले दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
घाइतेहरुको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित समय ०९:१८ बजे

















