गृहपृष्ठ गुठी विधेयकविरुद्ध पाटनमा मशाल जुलुस

गुठी विधेयकविरुद्ध पाटनमा मशाल जुलुस

सरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठी विधेयकको विरोधमा ललितपुरमा शुक्रबार पनि प्रदर्शन भएको छ ।

स्थानीय नेवार समुदायले शुक्रबार साँझ मशाल जुलुस निकालेर विधेयक फिर्ता लिन माग गरे । विधेयकले नेवार संस्कृतिमाथि प्रहार गरेको भन्दै नेवार समुदायले पाटनमा मशाल जुलुस निकालेका हुन् ।

प्रस्तावित विधेयकको दफा २३ मा ऐन प्रारम्भ हुनुअघि कायम रहेका छुट गुठी र सार्वजनिक गुठीलाई राजगुठीमा परिणत गर्ने, गुठीका सम्पत्ति, जायजेथा, देवदेवीका प्रतिमासहित गुठियारको अधिकार प्राधिकरणमा सर्ने प्रावधान छ । यो प्रावधानले देशभरका गुठी, मदरसा, मस्जिद, मन्दिर, चैत्य सबै प्राधिकरण मातहत आउँछन् ।

दफा २४ मा गुठियारको अधिकार स्वतः समाप्त हुने प्रावधान राखिएको छ । यो दफामा पनि गुठियारले चर्को विरोध जनाएका छन् । गुठी विधेयक जस्ताको तस्तै पारित भए लिच्छवीकालदेखि चल्दै आएको परम्परा र सनातन धर्म संस्कृति नै लोप हुँदै जाने नेवार समुदायको भनाइ छ ।

प्रकाशित समय ०८:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु