गृहपृष्ठ भारतमा लुटपाट गर्ने ४ नेपाली नगद र गरगहनासहित पक्राउ
भारतमा लुटपाट गर्ने ४ नेपाली नगद र गरगहनासहित पक्राउ
भारतमा सुनका गरगहना तथा नगद चोरी गर्ने ४ नेपाली प्रहरीको कैलाली प्रहरीको फन्दामा परेका छन् । एक महिनाअघि भारतको लुधियानाको गुरुदेवनगरस्थित नन्द किशोरको घरबाट नगद तथा सुनका गरगहना चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ का ३८ वर्षीय मानबहादुर कार्की, सोही नगरपालिका–५ का ४३ वर्षीय सन्तोष भट्टराई, कैलालीको गौरिगंगा नगरपालिका–८ का २१ वर्षीय कुमार भुल र गोदावरी नगरपालिका–७ का २८ वर्षीय योगेन्द्र विक छन् ।
प्रहरीले उनीहरुको साथबाट १ लाख ४७ हजार ५ सय भारतीय रुपियाँ, ९२ हजार ५ सय नेपाली रुपैयाँ, एक सय ३० अमेरिकी डलर तथा ५ सय हंगेरीको मुद्रा बरामद गरेको छ ।
त्यस्तै, २७ ग्राम ५ सय ३० मिलिग्राम सुनको सिक्री, ८ ग्राम ८० मिलिग्राम सुनको औँठी, १ ग्राम ४ सय मिलिग्राम सुन काचो सुन, हार, ठूलो बाला दुई थान र सानो बाला ६ थान, चुरामा लगाएको सुनको बाला २ थान, कानमा लगाउने टप एक जोडी, तथा सिक्री एक थान बरामद गरिएको छ ।
प्रकाशित समय ०८:३७ बजे

















