गृहपृष्ठ कोपा अमेरिका फुटबलमा ब्राजिलको विजयी सुरुवात

कोपा अमेरिका फुटबलमा ब्राजिलको विजयी सुरुवात

कोपा अमेरिका फुटबलमा ब्राजिलले विजयी सुरुवात गरेको छ । शनिबार बिहान भएको खेलमा घरेलु टोली ब्राजिलले बोलिभियालाई ३–० गोलले हराएको हो ।

ब्राजिलको जितमा फिलिप काउन्टिन्होले २ गोल गरे भने इभर्टन सुसाले एक गोल गरे । बोलिभियाविरुद्ध गोल गर्न ब्राजिललाई दोस्रो हाफ कुर्नुपरेको थियो । ५० औं मिनेटमा बोलिभियाका खेलाडीले डी बक्समा फल गरेपछि पाएको पेनाल्टीलाई फिलिप काउटिन्होले गोलमा परिणत गरे । काउटिन्होले नै ५३औं मिनेटमा अर्को गोल थपे ।

८५ औं मिनेटमा इभर्टन सुसाले गोल गर्दै ब्राजिललाई ३–० स्थितमा पुर्याए । बाँकी समयमा गोल हुन सकेन र ब्राजिलले विजयी सुरुवाग गर्यो । निरीह देखिएको बोलिभियाले जम्मा २८ प्रतिशत बलमा मात्रै नियन्त्रण कायम गरेको थियो ।

प्रतियोगिताअन्तर्गत आज राति पौने १ बजे पेरु र भेनेजुएला आमने सामने हुँदा आइतबार बिहान पौने ४ बजे अर्जेन्टिना र कोलोम्बिया पनि मैदानमा उत्रनेछन् ।

प्रकाशित समय ०९:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु