गृहपृष्ठ केही स्थानमा वर्षा हुने मौसम विभागको अनुमान
केही स्थानमा वर्षा हुने मौसम विभागको अनुमान
जल तथा मौसम विभागले देशका पूर्वी भू–भागलगायत मध्य र पश्चिमका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली हुने जनाएको छ ।
पूर्वका केही स्थानमा र मध्य र पश्चिमी भेगका केही स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना भएको विभागले जनाएको छ । देशको केही भागमा मात्र वर्षा भए पनि अन्य स्थानमा गर्मीबाट राहत मिल्छ । हावाहुरीबाट बच्न सजग रहन पनि मौसम विभागले सचेत गराएको छ ।
प्रकाशित समय १२:२३ बजे

















