गृहपृष्ठ कक्षा ११ का लागि विद्यालय कसरी छान्ने ?

कक्षा ११ का लागि विद्यालय कसरी छान्ने ?

see-student-newskarobar

अब कक्षा ११ का लागि विद्यालय सिँगारिँदै छन् । विद्यार्थी आकर्षित गर्न विभिन्न विज्ञापनले सञ्चार माध्यम र सामाजिक सञ्जाल सिँगारिएका छन् । विद्यालयका विशेषता बताउने दलालको बिगबिगी घरघरमा छ । नहोस् पनि किन ? कक्षा १० को परीक्षाफल निस्कँदै छ । असार दोस्रो साता परिणाम प्रकाशन गर्ने घोषणा परीक्षा नियन्त्रण कार्यालयले गरिसकेको छ ।

विद्यार्थीबीच आफू कुन विद्यालयमा जाने र मिल्ने साथीले कुन स्कुलमा जाने विचार गरेको छ भनेर सोधपुछ चल्दै छ । यो विद्यालयमा जाऊँ भन्दै उनीहरुबीच सल्लाह दिन्छ भनेर छलफलमा जुटेका छन् । कतिपय विद्यार्थी साथी छुट्ने पिरलोमा छन् । अभिभावक आफ्नै चटारोमा छन् । विद्यार्थीले ल्याउने अंकमा उनीहरु त्यति ढुक्क हुन सकेका छैनन् । विद्यार्थीले ल्याएको अंकले शिक्षण संस्था छान्न सहज बनाउँछ भन्ने उनीहरुको धारणा छ ।

निजी क्षेत्रका विद्यालय आफ्ना विशेषता र छुटबारे विज्ञापन बनाउन व्यस्त छन् । अब्बल विद्यार्थीलाई तारो बनाएर अनेक छुटका विज्ञापन देखिन थालेका छन् । केही विद्यार्थीलाई छुट दिएर आकर्षण गर्ने र त्यसका बलमा करोडौं थुपार्ने तानाबाना नगरी कसरी संस्था चलाउनु र ? सरकारी विद्यालयहरु पनि अब्बल विद्यार्थी भर्ना गर्ने मनसायमा छन् ।

यहाँ विद्यार्थी र अभिभावकले सोच्नुपर्ने कुरा अहं छ । कुन विद्यालयको विगत प्रशंसनीय छ ? विद्यालयको भौतिक पूर्वाधार विशेष विचारणीय हुन्छ । विद्यालयका कक्षाकोठा कत्तिको उपयुक्त छन् ? हावा खेल्ने कक्षाकोठा नभए विद्यार्थीले पढ्न सक्दैनन् । खेल मैदान नभएको विद्यालयमा जति राम्रा शिक्षक भए पनि विद्यार्थीको मानसिक विकास हुन सक्दैन । खेलकुदले विद्यार्थीलाई मानसिक रुपमा सबल बनाउन मद्दत गर्छ ।

विगतमा विद्यार्थीले खेलकुदमा भाग लिएको अवस्था हेरेर त्यसको मूल्यांकन गर्न सकिन्छ । प्रयोगात्मक विषय पढ्ने भए प्रयोगशालाको अवस्थाबारे पहिल्यै चासो राख्नुपर्छ । कतिपय विद्यालयका प्रयोगशाला देखावटी रुपमा मात्र हुन्छन् । अघिल्लो वर्ष पढेका विद्यार्थीलाई सम्पर्क गरेर प्रयोगशालाको उपयोगको स्तर जाँच्नुपर्छ । यस्ता कुरा विद्यार्थी भर्ना गर्नु अघि ख्याल राखिएन भने सन्तानको शिक्षामा लगाएको लगानी खेर जान सक्छ ।

त्यस्तै विद्यालयमा पढाउने शिक्षको गुणस्तरबारे जानकारी नभई भर्ना गर्दा पनि धोका हुन सक्छ । कतिपय विद्यालयमा प्रिन्सिपल योग्य दक्ष हुँदा हुँदै पनि शिक्षकको गुणस्तर नहुनाले विद्यार्थीको सिकाइमा गम्भीर असर पर्ने हुन सक्छ । कतैकतै कम तलबका कारण र कतै शिक्षकलाई समयमा तलब नदिएर शिक्षकले छाडेको अवस्था पनि हुन सक्छ । यस्ता विद्यालयमा भर्ना हुँदा धोकामा पर्न सकिन्छ । विद्यालयले शिक्षकलाई सन्तुष्ट पारे नपारेको पनि जानकारी राख्नु उपयुक्त हुन्छ ।

कतिपय विद्यालयले शिक्षकलाई समयमा तलब नदिने शिक्षकले राम्ररी पढाए नपढाएको अनुगमन नगर्ने हुन्छन् । विद्यार्थीको दैनिक गतिविधि वास्ता नगर्ने विद्यालयमा पनि विद्यार्थीको प्रगति त्यति राम्रो हुन्छ भन्न सकिन्न । यति विचार पु¥याउन सकियो भने पछि तनाव भोग्नुपर्ने अवस्था रहँदैन । त्यसैले विद्यार्थी भर्ना गर्नुपूर्व विशेष सतर्क बनौँ ।

प्रकाशित समय १२:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु