गृहपृष्ठ अफिमसहित पाँच जना पक्राउ
अफिमसहित पाँच जना पक्राउ
नेपालगञ्ज उपमहानगरपालिका– २२, पुरैनीबाट १८ किलो ५०० ग्राम अफिमसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
पुरैनीस्थित बाबाकुटीमा लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको सुरक्षाकर्मीले लागऔषधसहित कारोवारमा संलग्नलाई बुधबार नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा भेरी नगरपालिका–९, खलंगा जाजरकोटका २५ वर्षीय राजेन्द्र विश्वकर्मा, पुथा गाउँपालिका–२ पूर्वी रुकुमका ५९ वर्षीया शर्मिला मगर, नलगाढ गाउँपालिका–९ जाजरकोटका २५ वर्षीय वीरबहादुर नेपाली, सोही ठाउँका ५० वर्षीय पृथ्वीबहादुर विश्वकर्मा र पञ्चपुरी नगरपालिका–९, खुर्सानीबारी, सुर्खेतका ५९ वर्षीय अम्मरबहादुर दराई रहेका छन् । ( रासस
प्रकाशित समय ०६:५९ बजे

















