गृहपृष्ठ कोलम्बिया कोपा अमेरिकाको क्वाटरफाइनलमा
कोलम्बिया कोपा अमेरिकाको क्वाटरफाइनलमा
कतारमाथि संघर्षपूर्ण जित हात पार्दै कोलम्बिया कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
कोलम्बियाले एक खेल अगावै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो । बिहीबार बिहान भएको खेलमा कोलम्बियाले कतारमाथि १–० गोलको जित निकाल्यो । साओपाउलोमा भएको निकै प्रतिस्पर्धात्मक खेलको अन्तिम ४ मिनेट बाँकी रहँदा डुभान जापाटाले गरेको गोल नै निर्णायक बन्यो । कोलम्बियाको यो लगातार दोस्रो जित हो । समूह चरणमा कोलम्बियाले पाराग्वेसँग खेल्न बाँकी छ । खेल २४ जुनमा हुनेछ ।
पहिलो खेलमा कोलम्बिायले अर्जेन्टिनालाई २–० गोलले हराएको थियो । कोलम्बियाको २ खेलबाट ६ अंक पुगेको छ । कतारले भने पाराग्वेलाई २–२ गोलको बराबरीमा रोक्दै अंक बाडेको थियो ।
प्रकाशित समय ०७:२८ बजे

















