गृहपृष्ठ मोटरसाइकल दुर्घटनामा वडाध्यक्षको ज्यान गयो
मोटरसाइकल दुर्घटनामा वडाध्यक्षको ज्यान गयो
मोटरसाइकल दुर्घटनामा परी बैतडीको पुर्चौडी नगरपालिका– ४ का अध्यक्ष गौतमप्रसाद भट्टको मृत्यु भएको छ ।
वडा कार्यालयबाट घर फर्किने क्रममा गत बुधबार पुर्चौडीको चक्किबगड भन्ने स्थानमा दुर्घटना हुँदा गम्भीर घाइते भएका भट्टको उपचारको क्रममा ज्यान गएको हो । उनको कोहलपुर मेडिकल कलेजमा बिहीबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १०:५२ बजे

















