गृहपृष्ठ नंगापुरमा धारिलो हतियार प्रयोग गरी हत्या

नंगापुरमा धारिलो हतियार प्रयोग गरी हत्या

hatya-newskarobar

बर्दियाको राजापुर नगरपालिका–३ नंगापुरमा ५५ वर्षीय जयराम थारूको बुधबार राति आँगनमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।

प्रहरीका अनुसार उनको धारिलो हतियार प्रयोग गरी सुतको अवस्थामा हत्या भएको हो । मृतकको छोरा वैदेशिक रोजगारीमा विदेश छन् । घटना हुँदा बुहारी घरभित्र चुकुल लगाएर सुतेकी थिइन् भने मृतक ससुरा बाहिर आँगनमा सुतेका थिए । प्रहरीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रकाशित समय ११:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु