गृहपृष्ठ नेपालमा मनसुन प्रवेशः औसतभन्दा कम वर्षा  हुने

नेपालमा मनसुन प्रवेशः औसतभन्दा कम वर्षा  हुने

औसतभन्दा कम वर्षा  हुने

Manoon in Nepal

आज बिहीबारबाट देशको पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरेको छ । पूर्वी भागबाट प्रवेश गरेको मनसुन क्रमशः मध्य हुँदै पश्चिमतर्फ विस्तार हुने क्रममा रहेको छ र केही दिनभित्रै नेपालभर फैलिने अनुमान गरिएको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा सामान्यतया मनसुन १० जुनमा प्रवेश गर्ने गर्दछ। यस आधारमा यस वर्षको मनसुन १०  दिन ढिलो शुरू भएको छ।नेपालमा साधारणतया: जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ। उक्त समयमा नेपालमा वार्षिक वर्षाको करिब ८०% वर्षा हुने गर्दछ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सास्कोफ- फोर्टिनमा आँकलन गरिए अनुसार यस वर्षको मनसुनी वर्षा नेपालको प्रदेश १ , प्रदेश २ , प्रदेश ३ र प्रदेश ५ को  केही पश्चिमी  भू-भागहरुमा औसतभन्दा कम वर्षा  हुने अनुमान गरिएको छ भने बाकी प्रदेशहरु गण्डकी, कर्णाली र सुदुर पश्चिममा औसत वर्षा हुने अनुमान छ ।

स्मरणीय छ, सरदर वर्षाको ९० देखि ११० प्रतिशतसम्म वर्षालाई सामान्य वर्षा मानिन्छ भने सोभन्दा कम र बढी वर्षा भएमा क्रमश: न्युन वा अधिक वर्षा भएको मनिन्छ।

प्रकाशित समय १४:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु