गृहपृष्ठ घुस लिएको अभियोगमा कर्मचारी पक्राउ
घुस लिएको अभियोगमा कर्मचारी पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाले बारा जिल्ला अदालतका खरिदारलाई १८ हजार घुससहित रंगेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारागढी गाउँपालिका–२ बस्ने वर्ष ३० का सुनिल चौधरी रहेको अख्तियारका सूचना अधिकारी देवकुमार राईले जानकारी दिए ।
लेनदेनको मुद्दामा सेवाग्राहीको नाममा पाँच कठ्ठा जग्गा पास गर्नका लागि मालपोतमा सिफारिस लेखिदिन घुसबापत १८ हजार रुपैयाँ सेवाग्राहीलाई दिने क्रममा चौधरी पक्राउ परेका थिए । स्रोतका अनुसार सेवाग्राहीसँग पटक पटक गरी १२ हजार अगाडि नै चौधरीले लिइसकेको थियो सूचना अधिकारी राईले बताए ।
पक्राउ परेका चौधरीलाई अख्तियारको क्षेत्रीय कार्यालयमा लगिएको र शनिबार मात्र काठमाडौँ पठाउने सूचना अधिकारी राईले जानकारी दिए । चौधरीलाई विशेष सूचनाको अधारमा पक्राउ गरेको थियो । (रासस)
प्रकाशित समय १५:५१ बजे

















