गृहपृष्ठ सुन प्रतितोला ६५ हजार पुग्यो, दैनिक १ हजार बढ्दै
सुन प्रतितोला ६५ हजार पुग्यो, दैनिक १ हजार बढ्दै
सुनको मूल्य दैनिक १ हजार रुपैयाँका दरले उकालो लागेको छ । बिहीबार १ हजार रुपैयाँ बढेर ६४ हजार रुपैयाँ पुगेको छापावाल सुन शुक्रबार ६५ हजार रुपैयाँ पुगेको हो ।
तेजाबी सुनको मूल्य पनि प्रतितोला ६४ हजार ७०० रुपैयाँ पुगेको छ । त्यस्तै, चाँदी शुक्रबार ७४० रुपैयाँमा कारोबार भएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि नेपाली बजारमा पनि सुनको मूल्य लगातार उकालो लागेको हो ।
प्रकाशित समय १५:५६ बजे

















