गृहपृष्ठ नक्कली एटीएम कार्ड बनाएर २० लाख चोरी

नक्कली एटीएम कार्ड बनाएर २० लाख चोरी

नक्कली एटीएम कार्ड बनाएर २० लाख रुपैयाँभन्दा बढी चोरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शंखमुलका ३३ वर्षीय राजुकुमार पाण्डेलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो ।

पाण्डेको साथबाट विभिन्न बैंकको भिसा कार्ड, नक्कली कार्डहरु, मोबाइल र एप्पल कम्पनीको दुईवटा ल्यापटप बरामद भएको छ । पाण्डेले रोमानियाका तीन जना नागरिकसँग मिलेर विभिन्न एटीएम बुथबाट पैसा निकालेका थिए । विदेशीहरूले भने नेपाल छाडिसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १६:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु