गृहपृष्ठ ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु
ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु
खोटाङको रावाबेँसी गाउँपालिका–३, ठूलोआहाल भन्ने स्थानमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गए राति साढे ९ बजेको समयमा दानबहादुर श्रेष्ठको पार्किङ गरेर राखेको ना. ५ त ६६०० नम्बरको ट्रयाक्टर चालक घर बिदा गएकोमा ट्रयाक्टरका सहचालक २३ वर्षीय नवीन भुजेलले चलाउने क्रममा सडकबाट ३५ मिटर तल खसेर दुर्घटना हुँदा मृत्यु भएको हो ।
प्रकाशित समय १७:२४ बजे

















