गृहपृष्ठ सर्लाही घटनाको अनुसन्धान राष्ट्रिय मानव अधिकार आयोगले गर्ने
सर्लाही घटनाको अनुसन्धान राष्ट्रिय मानव अधिकार आयोगले गर्ने
राष्ट्रिय मानवअधिकार आयोगले सर्लाहीमा प्रहरी र विप्लव समूहबीच भएको दोहोरो मुठभेडको छानबिन गर्ने भएको छ ।
बिहीबार प्रहरीको गोली लागि नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला इञ्चार्ज कुमार पौडेल मृत्यु भएको थियो । आयोगले घटनाको सत्यतथ्य अनुसन्धान गर्ने भएको हो । आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले शक्रबार विज्ञप्ति जारी गरी त्यस घटनाको सत्यतथ्य अनुसन्धान तथा अनुगमन गर्न केन्द्रीय कार्यालय एवम् प्रदेश नम्बर २ कार्यालयबाट टोली खटाइएको जानकारी दिए ।
टोलीले घटनाको अनुसन्धान तथा अनुगमन गरी आयोगलाई प्रतिवेदन बुझाउने छ ।(रासस)
प्रकाशित समय ०७:०२ बजे

















