गृहपृष्ठ विश्वकप क्रिकेट : श्रीलंकाले इंग्ल्यान्डलाई हरायो

विश्वकप क्रिकेट : श्रीलंकाले इंग्ल्यान्डलाई हरायो

एक दिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले घरेलु टोली इंग्ल्यान्डलाई हराएको छ । शुक्रबार राती सम्पन्न खेलमा श्रीलंकाले इंग्ल्यान्डलाई २० रनले पराजित गरेको हो ।

२ सय ३३ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४७ ओभरमा अलआउट हुँदै २ सय १२ रनमा समेटियो । बेन स्टोक्सले उत्कृष्ट प्रर्दशन गर्दै ८२ रनमा अविजित रहेपनि टोलीको हार टार्न सकेनन् । ओपनर जोनी बेयरस्टो शून्यमा आउट भए । जेम्श भिन्सले १४ रन बनाए । कप्तान इओन मोर्गन १८ रनमा आउट भए ।

जो रुटले ५७ रनको योगदान गरे । जस बटलर १० रनमा पेभिलिएन फर्किए । मोइन अलीले १६, क्रिस वोक्स २ र आदिल राशिद १ रनमा आउट भए । जोफ्रा आर्चरले ३ रन बनाउन सके । श्रीलंकाका लागि लाथिस मलिंगाले १० ओभरमा ४३ रन खर्चेर ४ विकेट लिए । त्यस्तै धनन्जय डी शिल्भाले ८ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । इसुरु उडानाले २ र नुवान प्रदीपले १ विकेट हात पारे ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३२ रन जोडेको थियो । पूर्वकप्तान एन्जिलो मेथ्यिुजले सर्वाधिक अविजित ८५ रनको योगदान गरे । ओपनर दिमुथ करुणारत्ने १ रनमा पेभिलिएन फर्किए । अर्का ओपनर कुशल परेरा पनि २ रनमा क्याच आउट हुन पुगे । अबिष्का फर्नान्डो र कुशल मेन्डिसले तेस्रो विकोेटका लागि ५९ रनको साझेदारी गर्दै पारी उकासेका थिए । फर्नान्डोले ४९ को योगदान गरे ।

मेन्डिसले ४६ रन बनाए । जीवन मेन्डिस शून्यमा आउट भए । धनञ्जय डी शिल्भा २९, तिसेरा परेरा २, इसुरु उडाना ६ र लाथिस मलिंगा १ रनमा आउट भए । इंग्ल्यान्डका जोफ्रा आर्चरले ३ विकेट लिए । मार्क उडले पनि ३ विकेट हात पारे । आदिल राशिद २ र क्रिस वोक्सको नाममा १ विकेट रह्यो ।

जितसँगै श्रीलंका तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।

प्रकाशित समय ०७:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु